लेवनान

 जेठ १३, २०७५ आइतबार ११:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

समुन्द्रको छेउमा रहेको सानो देश लेवनानको राजधानी बेरुत हो । लेवनानमा ९ हजार भन्दा धेरै नेपाली कामदार छन् त्यसमध्ये अधिकांश महिला छन् । उनीहरु मध्ये धेरैजसो घरेलु कामदारका रुपमा काम गर्छन् । केहि नेपाली होटल र रेष्टुराँमा काम गर्छन् ।

लेवनानमा मुख्य रुपमा अरबी भाषा बोलिन्छ । तर फ्रेन्च र अङ्ग्रेजी पनि धेरै बोलिने भाषा मध्येमा पर्छ । लेवनानको मुद्रालाई लेवनिज पाउण्ड(एलबिपी) भनिन्छ । एक सय नेपाली रुपैंया बरावर हालको दर अनुसार १ हजार ४ सय १३ एलबिपी हुन्छ ।

लेवनानमा क्रिश्चियन र ईस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । गर्मी याममा धेरै गर्मी हुने लेवनानमा जाडोयाममा निक्कै जाडो हुन्छ । लेवनानमा घरेलु कामदार श्रम कानुनको दायरामा पर्दैनन् । उनीहरुलाई कफला कानुन अन्तर्गत व्यवहार गरिने भएकाले उनीहरुको स्वतन्त्रता रोजगारदाताको निर्णयमा हुन्छ ।

लेवनानमा कामका लागि रोजगारदातामै आश्रित हुनु पर्ने भएकाले स्पोन्सरप्रति कामदार पूर्ण बफादार हुनु पर्छ । त्यसैले रोजगारदाताको घर छोडेमा कानुनी रुपमा अरु ठाउँमा काम गर्न पाईन्न, गरेमा त्यो अवैधानिक हुन्छ । रोजगारदाताको अनुमतिमा लेवनान बसाईका क्रममा बढीमा दुईपटक मात्र रोजगारदाता परिवर्तन गर्न पाईन्छ ।

अन्य थाहा पाईराख्नु पर्ने कुराहरु :

  • कामका लागि लेवनान प्रवेश गरेको तीन महिना भित्रै आफ्नो भिसालाई कामको अनुमतिमा परिवर्तन गरिसक्नु पर्छ ।
  • लेवनान प्रवेश गरेको तीन महिना भित्रमा बसाई अनुमति लिईसक्नु पर्छ र त्यसको म्याद सकिनु १५ दिन अघि नै नविकरण गरिसक्नु पर्छ ।
  • बसाई अनुमतिका लागि रगत र पिसाव जाँच सहितको स्वास्थ्य परिक्षण गराउनु आवश्यक छ ।
  • पासपोर्ट र रोजगारदातासँगको सम्झौतासँगै अन्य कागजात आफैंसँग सुरक्षित राख्नु पर्छ । पासपोर्ट रोजगारदाताले राखेमा त्यसको फोटोकपि आफुसँग राख्नुपर्छ ।
  • गैर कानुनी रुपमा काम गर्दा पक्राउ परेमा सजाय हुन सक्छ ।

रोजगारदाता र कामदार बीच हुने सम्झौता प्रायः अरवी भाषामा हुन्छ । त्यसैले त्यस्तो सम्झौतामा कामदारले ध्यान दिनुपर्ने केहि कुराः

  • कामदारको खाना, कपडा, बीमा, फर्कने टिकट तथा काम र बसाईको अनुमति लिने र नविकरण गर्ने जिम्मा रोजगारदाताको हो ।
  • हरेक महिनाको तलव प्राप्त गरेको रसिद लिन भुल्नुहुन्न ।
  • लेवनानको कानुन अनुसार घरेलु कामदारलाई दिनमा १० घण्टा भन्दा धेरै काम लाउन पाईन्न । राती ८ घण्टा बिश्राम र बर्षमा कम्तीमा ६ दिन बिदाको ग्यारेन्टी गरिएको हुन्छ
  • महिनामा एक पटक रोजगारदाताले परिवारसँग टेलिफोनमा कुराकानी गर्ने प्रवन्ध मिलाउनु पर्छ । चिठ्ठी पठाउन र फोनमा कुराकानी गर्न पाउनु कामदारको अधिकार हो ।
  • प्रायःजसो हवाईजहाजको टिकटको रकम र भिसा वापत लाग्ने शुल्क रोजगारदाताले नै दिने गर्छन् ।

के भएमा रोजगारदातासँग सम्झौता तोड्न पाईन्छ ?

  • तीन महिनासम्म तलव नपाएमा ।
  • शारिरीक र यौनिक हिंसा भएमा ।
  • सम्झौतामा नभएको काम गर्न बाध्य पारिएमा ।

तर रोजगारदातासँग सम्झौता बदर गर्न प्रमाण आवश्यक पर्छ ।

सम्झौता बदर गर्नु परेमा सहयोगका लागि कहाँ सम्पर्क गर्ने ?

Honorary Consulate General of Nepal in Beirut

Address: Badaro Street, Nadim Comair Bldg, 8th Fl, Beirut.

Tel: 00961-1-386 690     

कन्सुलरको कार्यालय, बेरुत

बाडारो स्ट्रिट, नाडिम कोमेर बिल्डिङ, आठौं तल्ला, बेरुत

फोन नम्बरः ००९६१—१—३८६ ६९०

KAFA (Enough) Violence & Exploitation

Address: 43, Beydoun Building, Babaro Street (across from the Social Security building), Beirut.

Hotline: 00961-76-090910

Tel: 00961-1-392220  or  00961-1-392221

Provides victims of physical and sexual abuse with free social and legal help, forensic medical report and referral to a shelter.

काफा

४३, बेइडोन बिल्डिङ, बाबारो स्ट्रिट, बेरुत

हट लाइनः ००९६१—७६—०९०९१०

फोन नम्बरः००९६१—१—३९२२२० अथवा ००९६१—१—३९२२२१

(यो संस्थाले पीडितलाई निःशुल्क रुपमा सामाजिक र कानुनी सहयोग, मेडिकल जाँच र बस्नका लागि ठाउँ उपलव्ध गराउँछ ।)

Caritas Lebanon Migrant Centre

Address: Takla center, facing futuroscope, Charles Helou Boulevard, Sin el Fil, Mount Lebanon.

Hotline: 00961-3-290066 &  00961-3-092538

Tel: 00961-1-502 550

[email protected]

Provides free social, psychological, medical and legal help, and shelter.

कारिटास लेवनान माइग्रेन्ट सेन्टर

टाल्का सेन्टर, चाल्र्स हेलउ बुलभार्ड, सिनएलफिल, माउन्ट लेवनान

हटलाइनः ००९६१—३—२९००६६ र ००९६१—३—०९२५३८

फोन नम्बरः ००९६१—१—५०२५५०

[email protected]

 (यसले बस्ने ठाँउसँगै निःशुल्क रुपमा सामाजिक, मानसिक, मेडिकल र कानुनी सहयोग दिन्छ ।)

Non-Resident Nepali Association (NRNA)

Contact name & Tel: Dilli Poudal 00961-3-898627

Email: [email protected]

गैर आवासिय  नेपाली संघ (एनआरएन), लेवनान

सम्पर्कका लागिः डिल्ली पौडेल

फोन नं: ००९६१—३—८९८६२७

ईमेलः[email protected]

(लेवनानमा रहेका नेपालीको सामाजिक संस्था गैर नेपाली आवासिय संघले जेलमा रहेका नेपालीलाई सहयोग गर्छ । यसले नेपाली नागरिकको सामाजिक सुरक्षाका लागि काम गर्छ ।)

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया