स्वास्थ्य सामग्रीसहित मुख्यमन्त्री राई गृह जिल्ला भोजपुरमा

 बैशाख १३, २०७७ शनिबार १८:१३:४४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित भेटिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई गृह जिल्ला भोजपुर आइपुग्नु भएको छ । गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीसहित शनिबार मुख्यमन्त्री राईसहितको टोली भोजपुर आइपुगेको हो । 

गाउँपालिकामा कोरोना भाइरस नियन्त्रण तथा परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो बढेपछि मुख्यमन्त्री राई स्वास्थ्य सामाग्रीसहित  भोजपुर आइपुग्नु भएको हो ।

मुख्यमन्त्रीले स्वास्थ्य परीक्षणका लागि अति महत्वपूर्ण मानिएको थर्मगन चार थान, भीपीएन (स्वाब सङ्कलन गर्ने) सय थान, पीपीई सेट १० थान, एन ९५ माक्स लगायतका स्वास्थ्य सामग्री लिएर आउनुभएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताउनुभयो ।

हतुवागढीका २६ वर्षीय युवामा परीक्षणका क्रममा क्रमशः आरडीटी र पीसीआर दुवैकाे रिपोर्ट पोजेटिभ आएको थियो । मुख्मन्त्री राईसँगै सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुमन्त्री हिक्मतकुमार कार्की र पूर्वी पृतनापति गाउँपालिकामा निरीक्षणको लागि आउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया