अर्घाखाँची : भारतमा २६ दिन क्वरेण्टीनमा बसेकालाई गाउँ फर्काएर फेरि १४ दिन क्वरेण्टीनमा

 बैशाख १४, २०७७ आइतबार १६:४५:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - भारतको विभिन्न स्थानमा गएका र घरमा फर्कँदा सिमानामै लकडाउनमा परेका १ सय २८ जनालाई अर्घाखाँची ल्याएर फेरि क्वरेण्टीनमा राखिएको छ । 
२६ दिन भारतको नौतनवाको क्वरेण्टीनमा राखेर  जिल्लामा ल्याइएका उनीहरुलाई फेरि  १४ दिनको लागि स्थानीय सरकारले बनाएको  क्वरेण्टीनमा राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो । 

जिल्ला प्रशासन कार्यलयमा बसेको सर्वपक्षीय बैठकबाट भारत र नेपाल सरकारको सहकार्यबाट सिमानाको  क्वरेण्टीनमा बसेका उनीहरुलाई आफ्नो घरमा ल्याइएको संघीय सांसद पुस्पा भुसालले बताउनु भयो  । 

भारतमा रोजगारी गरी फर्किएका मालारानी गाउँपालिकाका ९३, सन्धिखर्क नगरपालिका २०, पाणिनि गाउँपालिकाका ९, छत्रदेव गाउँपालिकाका ४ र शितगंगा नगरपालिकाका १ गरी एक सय २८ जनालाई सम्बन्धित पालिकाको  क्वरेण्टीनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले जानकारी दिनुभयो ।  

आफ्ना पालिकाका बासिन्दालाई सम्बन्धित पालिकालेनै व्यवस्थापन गर्नेगरी क्वरेण्टीनमा राखिएको हो ।  लकडाउनका कारण उनीहरु विगत २६ दिनदेखि नौतनवाको एक विद्यालयमा  क्वरेण्टीनमा थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया