काेराेना भाइरस : 'अमेरिका चीनसँग खुसी छैन'

 बैशाख १६, २०७७ मंगलबार ९:१०:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले कोरोना भाइरसबारे चीनको प्रतिक्रियालाई लिएर 'निकै गम्भीर जाँच' सुरु गरेको बताएका छन् ।  

राष्ट्रपति ट्रम्पले भने, ‘हामी चीनसँग खुसी छैनौँ, हामी सबै परिस्थितिसँग खुसी छैनौँ किनकि चीनले चाहेको भए जहाँबाट भाइरस सुरु भएको हो त्यही रोक्न सक्थ्यो ।’ ट्रम्पको अनुसार कोरोना भाइरसको सङ्क्रमण तुरुन्त रोक्न सकिन्थ्यो र यो पूरै विश्वमा फैलिने थिएन । 

अमेरिकी राष्ट्रपति ट्रम्प लगातार कोरोना भाइरसको महामारीलाई लिएर चीनमाथि आरोप लगाउँदै आएका छन् । र कोरोनाको महामारी नियन्त्रण गर्न अमेरिकी सीमा चीनको लागि बन्द गरिएको बताउँदै आएका छन् । 

केही स्वास्थ्य विशेषज्ञहरुका अनुसार अमेरिकाका लागि तयारीको निकै समय थियो तर ट्रमप प्रशासनले त्यसलाई गुमायो । 

ट्रम्प भन्छन्, ‘यो सबैको पछाडि एउटा देश जिम्मेवार छ तर यसलाई कसैले पनि स्वीकार गर्दैनन् ।’

यहाँ कसैले पनि कसैलाई जिम्मेवार ठहराएको छैन, हामी ती मानिसहरुको समूहलाई देखिरहेका छौँ, जसले भाइरसको सङ्क्रमणलाई उद्गमस्थलमा नै रोक्न सक्थ्याे ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले भने– ‘अमेरिका उनीहरुलाई कहिले पनि भुल्ने छैन जसले अयोग्ताको कारण बलिदान दिए वा अयोग्यताका साथै अरु कुनै कारणका लागि ।’

चीनतर्फ इसारा गर्दै ट्रम्पले भने, ‘उसले चाहेकाे भए हामीलाई मात्र नभइ पूरै विश्वलाई बचाउन सक्थ्यो ।’

पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग के नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव स्थगित गर्ने विचार गरिरहुन भएको छ ? भन्ने प्रश्नमा उनले भने– मैले चुनावको तारिख परिवर्तन गर्नेबारेमा कहिल्यै सोचेको छैन । ३ नोभेम्बर, यो राम्रो नम्बर हो ।’ 

ट्रम्पले यो एउटा प्रोपोगाण्डा मात्र भएको बताए ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया