दुबईमा जन्मदिन मनाउने तयारी गरिरहेका दीपकको ज्यान गयो

 बैशाख १६, २०७७ मंगलबार १७:५५:५ | उमाकान्त पाण्डे

यूएई – दुबईमा कार्यरत मोरङ बेलबारीका ५२ वर्षीय दीपक पराजुलीको आफ्नै जन्मदिनको दिन ज्यान गएको छ ।

१० वर्षदेखि यूएईको ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत दीपकको आइतबार बिहान हृदयघातका कारण ज्यान गएको हो ।

आइतबार दीपकको जन्मदिन थियो । १२ बजे शुभकामना दिने भन्दै शनिबार राति अबेरसम्म श्रीमती तथा परिवारले उहाँसँग अनलाइनमा कुरा गरेको दीपकसँगै बस्ने एक सहकर्मीले बताए ।

सामान्य ज्वरो आएका कारण दीपक केही दिनदेखि कोठामै हुनुहुन्थ्यो । कोठामै रहेर औषधि लिईरहेका उहाँ एक्कासी ढलेपछि साथीभाइ तथा कम्पनीको सहयोगमा डीआईपीमा रहेको एनएमसी रोयल अस्पताल लगिएको थियो । 

अस्पताल पुर्याएलगत्तै डाक्टरले दीपकको मृत्यु भइसकेको घोषणा गरेका थिए । उहाँको शव अहिले त्यही अस्पतालमै राखिएको एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले जानकारी दिनुभयो ।

१० वर्ष पहिले वैदशिक रोजगारीका लागि यूएई आएका दीपकको श्रीमती र दुई छोरा छन् । छोराहरु पनि वैदेशिक रोजगारीमा रहेको पारिवारिक स्रोतले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया