डोटीमा राहत वितरणमा पक्षपात भएको भन्दै वडाध्यक्षमाथि कुटपिट

 बैशाख १७, २०७७ बुधबार २०:८:४ | विमल बिष्ट
unn.prixa.net

डोटी - केआईसिंह गाउँपालिका वडा नम्बर ४, वायलका वडाध्यक्ष जयलाल धामीलाई स्थानीय नागरिकले कुटपिट गरेका छन् । 

राहत वितरणमा पक्षपात गरेको भन्दै वडाअध्यक्ष धामीलाई कुटपिट गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडाध्यक्षले राहत वितरण गरिरहेको बेला एक्कासी आएर केही व्यक्तिले हातपात गरेछन्, छानबिन गर्न थालेका छौँ ।’

नेपाली कांंग्रेसबाट निर्वाचित वडाध्यक्ष धामीलाई राहत वितरण कार्यक्रममै कुटपिट गरिएको हो । 

वडाध्यक्ष धामीलाई कुटपिट गरेसँगै वडा कार्यालयमा तालाबन्दी समेत गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीयले पक्षपातपूर्ण व्यवहार भएको भन्दै हातपात गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कर्ण बोहराले जानकारी दिनुभयो । 

कुटपिटमा संलग्नहरुको छानबिन तथा खोजी भैरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया