चीनले मलाई हराउन 'जे पनि गर्न सक्छ' : ट्रम्प

 बैशाख १८, २०७७ बिहिबार १०:५३:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चीनमाथि आरोप लगाएका छन् । समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, ‘चीन चाहँदैन कि म दोस्रो पटक राष्ट्रपति बनुँ ।’   

चीनले कोरोना भाइरस (कोभिड १९) को महामारीलाई जसरी लिइरहेको छ, त्यो नै प्रमाण भएको ट्रम्पले बताए । आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा चीनले आफूलाई रोक्न जे पनि गर्न सक्ने ट्रम्पले आरोप लगाए । 

कोरोना भाइरसको महामारीका लागि ट्रम्पले लगातार चीनमाथि आरोप लगाउँदै आइरहेका छन् । अमेरिकामा कोरोना भाइरसको कारण ६० हजारभन्दा धेरैको ज्यान गइसकेको छ । यसका साथै अर्थव्यवस्था पनि नराम्रोसँग प्रभावित भएको छ र बेरोजगारी पनि ऐतिहासिक रुपमा लगातार बढिरहेको छ । 

कोरोना भाइरसबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको भन्दै ट्रम्पले यसलाई गम्भीर रुपमा नलिएको भन्दै उनीमाथि प्रश्न उठिरहेको छ । ट्रम्पले भाइरसको गम्भीरतालाई नसम्झिएको र चाँडोभन्दा चाँडो सक्रिय नभएको बताइएको छ । 

कोरोना भाइरसलाई लिएर चीन अझै सक्रिय हुनुपर्ने ट्रम्पको भनाइ छ । यसो गरेको भए विश्वले यसको गम्भीरता चाँडै बुझ्ने ट्रम्पको ठम्याइ छ । के ट्रम्प कोरोना भाइरसलाई लिएर चीनमाथि कर लगाउँछन् ? यसको जवाफमा उनले भने, ‘धेरै कुरा छन्, जो म गर्न सक्छु ।’ 

‘हामी के हुन्छ भनेर हेरिरहेका छौँ । चिनियाँ अधिकारी लगातार आफ्नो छवि सुधार्ने कोसिस गरिरहेका छन्, जसको माध्यमबाट आफूलाई निर्दाेष देखाउन सकियोस् । यसको लागि पीआरको सहारा लिइरहेको छ । चीन मलाई रोक्न जे पनि गर्न सक्छ, जसका कारण म राष्ट्रपति दौडबाट बाहिरिउँ । चीन डेमोक्रेटिक पार्टीका जो वाइडन राष्ट्रपति बनुन् भन्ने चाहन्छ’, ट्रम्पले भने । 

पछिल्ला दिनमा कोरोना भाइरसको महामारीलाई लिएर अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेको छ । यसअघि ट्रम्प कोरोनालाई चिनियाँ भाइरस भन्ने गर्थे र चीनले आपत्ति जनाउँदै आएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Sanu

    April 30, 2020, 11:35 a.m.

    C .. o .. w ... cow अन्धरास्त्रबादी सबै मतदाता आफूतिर तान्ने राम्रो दाउ !

  •  0 Reply

तपाईको प्रतिक्रिया