गुल्मीमा भारतबाट आएका ६८ जना क्वरेन्टीनमा

 बैशाख १८, २०७७ बिहिबार २०:५९:२६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा भारतबाट आएका ६८ जनालाई क्वरेन्टीनमा राखिएको छ ।

नेपाल फर्कदै गर्दा भारतको सुनौलीमा अलपत्र परेर २८ दिनसम्म उनीहरु क्वरेन्टीनमा  बसेर नेपाल आएका हुन् । गाउँ फर्केपछि पनि फेरि क्वरेन्टीनमा बस्नु परेको भन्दै उनीहरुले आफूहरुको स्वाब परीक्षण गरेर घर जानका लागि माग गरेका छन् । 

नेपाल भारतको सिमाना सुनौली नाकामा २८ दिनसम्म क्वरेन्टीनमा बसेर घर फर्किएका उनीहरुले गाउँपालिका र स्थानीय प्रशासनसँग पटक-पटक क्वरेन्टीनमा बस्नु परेको गुनासो गर्दै यस्तो माग गरेका हुन् ।

क्वरेन्टीनको निरीक्षण तथा अनुगमनको क्रममा धुर्कोट गाउँपालिका पुगेको जिल्ला विपद व्यवस्थापन समितिका पदाधिकारीहरुसँग उनीहरुले आफूहरुलाई चाँडै घर फर्किनका लागि आग्रह गरेको प्रमुख जिल्ला अधिकरी भरत कुमार शर्माले बताउनु भयो ।

स्थानीय गाउँपालिकाको सहयोगमा सिमानाकाबाट जिल्ला फर्किएका उनीहरुले आफूहरु २८ दिनसम्म क्वरेन्टीनमा बसेर आइसकेको भन्दै फेरि क्वरेन्टीनमा बस्न असहमति जनाएका थिए ।

गाउँपालीका र स्थानीय प्रशासनले उनीहरुलाई केही समयका लागि क्वरेन्टीनमा बस्नुपर्ने बताएपछि उनीहरु बाध्य बनेर क्वरेन्टीनमामा बसेका हुन् । भारत सरकारले उनीहरुको आरडीटी परिक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु नेपाल फर्किएका हुन् ।  

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया