जङ्गली च्याउ खाँदा अर्घाखाँचीमा एक जनाकाे ज्यान गयो, तीन जना बिरामी

 बैशाख २१, २०७७ आइतबार १४:५७:५२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ६ काे खिल्जीमा जङ्गली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । जङ्गली च्याउ खाँदा अन्य तीन जना बिरामी परेका छन् । 

जङ्गली च्याउको पहिचान नगरि पकाएर खाएका चार जनामध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सीटी अस्पतालमा ज्यान गएको
 हो । 

जङ्गली च्याउ खाँदा मृतककी छोरी बिपा महत्रा, सासु् लालसरी महत्रा र देउरानी लक्ष्मी महत्रा बिरामी भएका छन् । तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक  प्रकाश खत्रीले बताउनुभयो ।

समस्या जटिल देखिएपछि उनीहरुलाई बुटवल रिफर गरिएको अर्घखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आएपछि महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधि खरिद गरी सेवन गरेका थिए ।

समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अस्पताल आएका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Bharat madai

    May 3, 2020, 3:11 p.m.

    खानेकुरामा खेलबाड नगरौं चिनेर मात्र खाने गरौँ

  •  0 Reply

तपाईको प्रतिक्रिया