सडक दुर्घटनामा एकै परिवारका १४ जनाले ज्यान गुमाए

 साउन १४, २०७५ सोमबार १४:२४:४० | रासस
unn.prixa.net

मध्य भियतनाममा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । 

विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो । भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनामको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुलासहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समय अनुसार सोमबार बिहान २ः३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए । 

प्रहरीले घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया