काेराेना भाइरसकाे खाेप २०२० काे अन्त्यसम्ममा उपलब्ध हुने ट्रम्पकाे विश्वास

 बैशाख २२, २०७७ सोमबार १२:२०:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्तिमसम्ममा कोरोना भाइरस (काेभिड–१९) विरुद्धकाे खाेप तयार हुन सक्नेतर्फ जाेड दिएका छन् ।

टेलिभिजन च्यानल फक्स न्युजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले यस वर्षको अन्तिममा काेराेनाविरुद्धकाे खाेप आउनेमा विश्वस्त रहेको दाबी गरेकाे बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको औषधि र खोपको विषयलाई लिएर ट्रम्पको आलोचना हुने गरेको छ । यसअघि उनले मानव स्वास्थ्यलाई जोखिम पार्ने खालका खोप परीक्षण गर्न सुझाव दिएको भन्दै आलोचना भएको थियो ।

यस्तै राष्ट्रपति ट्रम्पले विद्यालय खोल्न आवश्यक रहेको पनि बताएका छन् । उमेर धेरै भएका शिक्षकलाई सङ्क्रमण हुने जोखिम भए पनि विद्यालय खोल्नु आवश्यक भएको उनले बताएकाे बीबीसीले जनाएको छ । तर अमेरिकामा कोरोना भाइरसको जोखिम उच्च रहेकाले विद्यालय खोल्नु झन् खतरा हुने विश्लेषकले बताएका छन् ।

अमेरिकामा सबैभन्दा धेरैलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा झण्डै १२ लाख जना कोराना सङ्क्रमित छन्, यसमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया