पलाँताको नयाँ अभियान : विकास निर्माण हेर्ने छुट्टै कार्यदल निर्माण

 साउन १४, २०७५ सोमबार १४:४५:२ | मनिराज पाण्डे
unn.prixa.net

कालिकोट – पलाँता गाउँपालिकाले सडक निर्माणमा कार्य गर्दै आएको पलाँता निर्माण कार्यदललाई खानेपानी आयोजना निर्माण कार्यमा लगाउने भएको छ ।

पलाँता निर्माण कार्यदलको वार्षिक समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले निर्माण कार्यदललाई ठूला खानेपानी आयोजनामा गएर काम गर्ने निर्देशन दिनुभएको छ । एक सय जना रहेको कार्यदललाई २ सय थपेर यस वर्षबाट तीन सय पु¥याउने कार्य भइरहेको अध्यक्ष बमले बताउनुभयो ।

कार्य व्यस्तताका कारण तीन वटा टिम वार्षिक समिक्षामा आउन सकेनन् । अघिल्लो वर्ष सडक निर्माण कार्यमा सफलता हासिल गरेकाले यस वर्ष कार्यदललाइ सिँचाइ, खानेपानी, सडक, भवन निर्माण र जल विद्युत निर्माण कार्य तोकिएको छ ।

पलाँता निर्माण कार्यदलको एक टिममा १५ जना रहने छन् । अति आवश्यकीय कार्यका लागि बाहेक ६ महिना सम्म कार्यदलका सदस्यहरु निर्माण स्थल क्यापबाट बाहिर जान पाउने छैनन् । 

कसको टिम कहाँ  

एक वर्षका लागि कार्यदलको कार्य क्षेत्र विभिजन गरिएको छ । विभाजन गरिएको कार्य क्षेत्रमा कार्यदलले तत्काल कार्य प्रारम्भ गर्ने छन् ।

 

टिम   टिम प्रमुख  कार्यक्षेत्र
कुम्मबहादुर बम  वडा नम्बर ७ र ८ खानेपानी, सिँचाइ र सडक
B  देव बिक तलसेरी खानेपानी र विद्यालय भवन निर्माण
C  पानबहादुर रोकाया  तलसेरी खानेपानी र विद्यालय भवन निर्माण
D धर्मदत्त न्यौपाने  तलसेरी खानेपानी र विद्यालय भवन निर्माण
E धीरबहादुर बम दुर्सिगाड लघु जलविद्युत
F सूर्यबहादुर बम   थिर्पू ९ सडक निर्माण
     

    

पलाँता २ का लागि खानेपानी ल्याउन लागिएको तलसेरी खानेपानी आयोजना २४ किलो मिटर लामो आयोजना हो ।

यस आयोजनाका लागि गाउँपालिकाले २ करोड बजेट विनियोजन गरेको छ । अघिल्लो वर्ष किर्डाकले आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार सम्बन्धीको जनचेतनामुलक कार्यक्रमा सहभागी भएपछि पलाँता २ का स्थानीय बासिन्दाले खानेपानी माग गर्दै जेठमा गाउँपालिका अध्यक्षलाई रित्तो गाग्रीले स्वागत गरेका थिए ।

अघिल्लो वर्ष कार्यदलले काम गरेका सडक आयोजनाहरुबाट रकम भुक्तानी गर्दा कार्यदलले समयमै नपाएको गुनासो आइपछि यस वर्ष कार्यदलका लागि २ करोड रकम पहिलो गाउँसभाबाट विनियोजन गरिएको पालिका अध्यक्ष बमले बताउनुभयो । ‘पहिले आयोजनामा पैसा जान्थ्यो, कार्यदलले काम खोज्दै जानु पथ्र्यो’, अध्यक्ष बमले भन्नुभयो, ‘अहिले त्यस्तो छैन, जहाँ कार्यदल जान्छ, त्यहाँ रकम पनि जान्छ ।’ 

कार्यदललाई के–के सुविधा छ 

पलाँता निर्माण कार्यदलले अघिल्लो वर्ष प्राप्त गरेको २४ हजार तलबमा यस वर्ष १० प्रतिशत वृद्धि गरिएको छ ।

सरकारी सेवा सुविधा अनुसार यो तलब सुब्बा स्तरको हो । जीवन बिमा, डे«स, संचय कोष, सन्तति शिक्षा बचतलगायतका सेवा पाउने गरी गाउँपालिकाले पलाँता निर्माण कार्यदल २०७४ को कार्याविधि परिर्माजन गर्ने भएको छ ।

भाद्र महिनाबाट पलाँता निर्माण कार्यदलका टिम लिडरहरुले सञ्चार सेट पाउने छन् । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

1 Comments

  • Nama Raj Neupane

    July 30, 2018, 7:49 p.m.

    Very good

  •  0 Reply

तपाईको प्रतिक्रिया