'लकडाउन' मा यसरी गरौँ मोटरसाइकलको हेरचाह

 बैशाख २५, २०७७ बिहिबार १२:५७:३७ | राेशन केसी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गएको चैत ११ गतेदेखि एक हप्ताको लागि गरेको लकडाउन बढिरहेको छ ।

दोस्रो पटक  २५ गते खुल्ने गरी लकडाउन लम्बियो तर कोरोनाको सङ्क्रमण र जोखिम दिनानुदिन बढ्दै गएपछि फेरि जेठ ५ गतेसम्म लकडाउन लम्बिएको छ ।

अहिले देशभर अत्यावश्यकबाहेक सार्वजनिक र व्यक्तिगत गाडी चलेका छैनन् । लामो समयसम्म नचलाइ राख्दा गाडी, मोटरसाइकलमा समस्या आउन सक्छ । त्यसैले गाडीलाई लामो समय रोकेर राख्दा गाडीको राम्रो हेरचाह गर्नुपर्छ ।
मोटरसाइकल लामो समय नचलाइ ध्यान दिनुपर्ने कुराहरु 

  • लामो समय रोकेर राख्नुपर्ने हुनाले सुरक्षित स्थानमा पार्किङ गर्ने र सकेसम्म छोपेर राख्ने
  • ह्यण्डल, सेफ्टी लक लगाउने
  • मोटरसाइकललाई २/३ दिनको फरकमा १५–२५ मिनेटका लागि स्टार्ट गर्ने 
  • २/३ दिनमा थोरै चलाउन मिल्छ भने चलाउने, यसले ब्याट्री चार्ज हुन र आवश्यक पार्टपुजामा ओयलिङको लागि मद्दत गर्छ
  • लामो समय रोकेर राख्दा डबल स्टाण्डमा राख्ने, यसले गर्दा मोटरसाइकल लड्ने सम्भावना कम हुन्छ
  • लामो समयका लागि नचलाइ राख्दा ब्याट्रीमा समस्या आउने हुँदा ब्याट्रीको कनेक्सन छुटाएर राख्ने 
  • बेलाबेलामा सफा गरिराख्ने 
  • चेन, क्लच, ब्रेक, तारलगायतका पार्टपुर्जामा ग्रिजिङ गरिराख्ने 
  • टायरको अवस्था र त्यसमा भएको हावाको मात्राको बारेमा बुझ्ने

अन्तिम अपडेट: चैत १५, २०८०

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया