लकडाउन प्रभावित २ सय ५० परिवारलाई राहत वितरण

 बैशाख २५, २०७७ बिहिबार १४:३४:५४ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - कोरोना सङ्क्रमण बढन नदिनको लागि सुरु भएको लकडाउनको अवधि थपिँदै जाँदा मारमा परेका २ सय ५० परिवारलाई राहत वितरण गरिएको छ ।
जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिला र वडा नम्बर २ तिवारीभञ्ज्याङका २ सय ५० परिवारलाई खाद्यन्न लगायतका राहत सामग्री वितरण गरिएको हो ।

शेर्पा कन्स्ट्रक्सनका सञ्चालकहरु फुर्तेम्बा शेर्पा, नारायण तिवारी, सन्तोष श्रेष्ठ र सूर्य तामाङले दुवै वडाका विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई खाद्यान्नलगायतका सामग्री सहयोग गर्नुभएको छ । 

श्यामशिलाका १ सय २० परिवार र तिवारीभञ्ज्याङका १ सय ३० परिवारलाई सम्बन्धित वडामार्फत करिब ७ लाख बराबरको राहत सहयोग गरिएको कन्स्ट्रक्सनका सञ्चालक फुर्तेम्बा शेर्पाले बताउनुभयो । प्रति परिवार २५ केजी चामल, २ पोका नुन र २ लिटर तेल वितरण गरिएको छ । भोजपुरबाट निर्वाचित प्रदेश सांसद राजेन्द्रकुमार राईको उपस्थितिमा राहत वितरण गरिएको हो । 

अन्तिम अपडेट: चैत ६, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया