हावाहुरीले ९ घरकाे छाना उडायाे

 बैशाख २६, २०७७ शुक्रबार ९:१७:२९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – हावाहुरीले शीतगङ्गा नगरपालिकामा नाै वटा घरकाे छानो उडाएको छ । 

शीतगङ्गा नगरपालिकाकाे वडा नम्बर ४, १० र १२ आएको हुरीले आफ्नो घरको छानोसहित नाै जनाको घरको छानो र सात जनाको गोठको छानो उडाउँदा लाखौँको क्षति भएको जिल्ला समन्वय समिति सदस्यसमेत रहनुभएका बलेन्द्र विश्वकर्माले बताउनुभयो ।

हुरीले उडाएको छानोले दुई वटा मोटरसाइकल तथा एउटा जीपमा समेत क्षति पुगेको छ । हावाहुरीले वडा नम्बर ८ काे केरा खेतीमा क्षति पुर्‍याएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया