अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी सहयाेगीमा काेराेना सङ्क्रमण

 बैशाख २७, २०७७ शनिबार १३:२०:४६ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक शीर्ष सहयाेगीलाई काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण देखिएकाे छ । 

यसकाे एक दिनअघि मात्र ह्वाइट हाउसका एक सदस्यमा पनि काेराेना पाेजेटिभ देखिएकाे थियाे । माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा काेराेना पाेजेटिभ देखिएकाे हाे । शुक्रबार यसबारेमा जानकारी दिइएकाे हाे । 

एक दिनअघि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पका एक सहयाेगीकाे काेराेना परीक्षण रिपाेर्ट पाेजेटिभ आएकाे थियाे । अब राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सकाे दैनिक रुपमा परीक्षण गर्न सुरु गरिएकाे छ । 

राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्न सबै किसिमकाे सावधानी अपनाइएकाे ह्वाइट हाउसले दाबी गरेकाे छ । 

अमेरिका काेराेनाबाट सबैभन्दा बढी प्रभावित देश हाे । अमेरिकामा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ७६ हजार नाघेकाे छ । तर अर्काेतर्फ राज्यहरु बिस्तारै खाेल्न सुरु गरिएकाे छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया