तनहुँको गौरवको आयोजना पराशर मार्गमा कालोपत्र गर्न शुरु
बैशाख १२, २०८१ बुधबार
सप्तरी - सप्तरीमा कोरोना सङ्क्रमण पुष्टि भएका युवा चितवनबाट केही दिनअघि मात्रै जिल्ला पुगेको खुलेको छ ।
चितवनमा मजदुरी गरेर बसेका उनी तीन/चार दिनअघि मात्र हिँडेरै सप्तरी पुगेको खुलेको हो । सप्तरी पुगेर घरमै बसेका उनमा कोरोना पुष्टि भएपछि आज घरबाट गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको वडा अध्यक्ष प्रदीपकुमार शाहले जानकारी दिनुभयो ।
रिपोर्ट पोजेटिभ आएपछि परिवारका सदस्यको पनि परीक्षणको लागि नमुना सङ्कलन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताउनुभयो ।
कोरोना सङक्रमण भेटिएपछि डाक्नेश्वरी नगरपालिका सिल गरिएको छ ।