वन्यजन्तुबाट हैरान बने किसान, फल्नै नपाई बाली नष्ट

 साउन १५, २०७५ मंगलबार ७:२८:३३ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामका अधिकांश क्षेत्रमा बाँदरले बारीमा लगाएको बालीमा बर्सेनि क्षति गर्न थालेपछि किसानहरु हैरान हुन थालेका छन् । जिल्लाका १० स्थानीय तहमध्ये माइजोगमाई गाउँपालिका र सुर्योदय नगरपालिकाका किसान बढी वन्यजन्तुको मारमा परेका छन् । माइजोगमाई गाउँपालिका वडा नम्बर ५ सोयाङ्गमा मात्र बाँदरले ६ लाख बराबरको बालीमा क्षति पुर्‍याएको स्थानीय किसान बताउँछन् । 

कृषिबाली मकै , सुन्तला , लिची , आँप , भूईँकटर , रुखकटर , अम्लिसो , अलैचीलगायतका बाली बाँदरले क्षति पुर्याउने गरेको छ ।  वन्यजन्तुको दीर्घकालीन समाधान नखोजिनुले फल्न नपाई लगाएको बाली नष्ट हुँदा गरिबीको संख्या बढेर जाने स्थानीय दीपजलन लिम्बु बताउनुहुन्छ । 

बाँदर मात्र होइन गाउँपालिकामा बँदेल, भालुजस्ता वन्यजन्तुले समेत किसानलाई दुःख दिने गरेका छन् । बाँदरले केटाकेटी तथा महिलाई लखेट्ने, आक्रमण गर्ने गर्नथालेपछि महिला तथा बालबालिका खेतीपातीमा जान समेत डराउन थालेका छन् । 

गाउँपालिका अध्यक्ष जितबहादुर राई भन्नुहुन्छ ‘यो समस्याबाट छुटकारा पाउने हामीसँग केही उपाय नै छैन । हाम्रो पहुँच भन्दा माथिको कुरा भएकाले हामी पनि त्रासमा बस्न बाध्य छौँ ।’ सरकारले यसका लागि केही व्यवस्था मिलाउन सके मात्र यो समस्याको न्युनिकरण हुनसक्ने अध्यक्ष राईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया