हजार टेस्ट क्रिकेट खेल्ने इङ्ल्याण्ड

 साउन १५, २०७५ मंगलबार ७:५७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

इङ्ल्याण्डले भारत विरुद्ध बुधबार हुने टेस्ट क्रिकेटसँगै १ हजार टेस्ट क्रिकेट खेल्ने रेकर्ड बनाउने भएको छ । १ हजार टेस्ट क्रिकेट खेल्ने इङ्ल्याण्ड पहिलो देश पनि बन्ने छ ।

१९०२ देखि टेस्ट क्रिकेट खेल्न थालेको इङल्याण्ड्स अहिले सम्म ९९९ टेस्ट म्याचमा मध्य ३५७ मा जित हात पारेको छ भने २९७ खेलमा पराजित पनि भएको छ । त्यसैगरी बराबरीमा ३४५ म्याच सकिएका छन् ।

 भारत विरुद्धको पहिलो टेस्ट सुरुहुनुभन्दा पहिले मैदानमा १ हजार टेस्ट खेल खेल्न लागेको इङ्ल्याण्डलाई चाँदीको तक्मा प्रदान गरिने क्रिकेटको सर्वोच्च निकाय आईसीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया