'पीके' अभिनेता साईकाे ४२ वर्षकाे उमेरमा निधन

 बैशाख ३१, २०७७ बुधबार १९:१६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'पीके' र 'रक अन' जस्ता हिन्दी फिल्ममा अभिनय गरेका अभिनेता साई गुंडेवरकाे गएकाे आइतबार अमेरिकामा निधन भएकाे छ । 

सन् १९७८ फेब्रुअरी २२ मा जन्मिएका साई गएकाे एक वर्षदेखि ब्रेन क्यान्सरसँग लडिरहेका थिए । साईकाे निधनप्रति उनका साथी फिल्म उद्याेगका कलाकारहरुले समाजिक सञ्जालमा शाेक व्यक्त गरिरहेका छन् । 

महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखले पनि अभिनेता साईप्रति श्रद्धाञ्जली दिएका छन् । 

महाराष्ट्रकाे नागपुरमा जन्मिएका अभिनेता तथा माेडल साईले हलिवुडकाे कैयाैँ लाेकप्रिय टीभी सिरिज– द ‌ओरभिल स्वाट कैग्नी एण्ड लैसी द मार्स र कन्सपिरेसिज मा काम गरेका छन् । अमेरिकामा ग्रीन कार्ड नपाएपछि उनी सन् २००७ मा भारत फर्किएका थिए । एमटीभीकाे रियालिटी शाे एमटीभी स्प्लिट्सभिला मा चाैथाै सिजनमा एक प्रतियाेगीकाे रुपमा देखिएपछि साई भारतमा लाेकप्रिय भएका थिए । 

हिन्दी सिनेमाले केही दिनअघि मात्र दुई महान् अभिनेता ऋषि कपूर र इरफान खानलाई पनि गुमाएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया