बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
स्याङ्जा - लकडाउनको मौका छोपी खाद्यान्नको कालोबजारी गर्ने तीन जनालाई स्याङ्जाको बिरुवाबाट पक्राउ गरिएको छ ।
कालोबजारी गरेको पाइएपछि विरुवा गाउँपालिका–५ का सोम बहादुर थापा, इन्द्रबिर थापा र राजेन्द्र प्रसाद वाग्लेलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उनीहरुले दैनिक उपभोग्य सामग्री खाद्यान्न, मदिरा लगायतका सामग्रीहरु बढी मूल्यमा बेचेको बताइएको छ ।
तीनै जनालाई कालो बजार तथा केही सामाजिक अपराध नियन्त्रण ऐन २०३२ अनुसार मुद्दा दर्ता गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।