गुनासाे (कविता)

 साउन १५, २०७५ मंगलबार ११:१२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

– अास्था निराैला 

कानमा रुवा खाँदेर
आँखामा पट्टी बाँधेर
मखमा रामराम जप्दै
गाेजीमा भ्रष्टाचार पालेको
मेरो सरकारले
मेरो बिलौना के सुन्थ्याे र ?
मेरो दर्दनाक पीडा के देख्थ्याे र ?
उसलाई त जनताको रगत चुसेर 
आसुँ मुसेर 
अाफ्नाे 
पेट भर्ने बानी
जो लागेको छ ।

आज एउटा नारी र बालिका
बलात्कृत भएर मारिँदासम्म 
एक शब्द नबोलेको मेरो सरकारले
भोलि अग्लो मञ्चमा गइ भाषण गर्नेछ,
"हामी नेपालमा पानीजहाज ल्याउँछाैँ
हामी घरघरमा ग्याँस पाइप पुर्याउँछाैँ । 


सरकार ,
सक्छस भने बलात्कारीलाई 
सजायँ दे ।
हैन भने,
देश भरिका
नारीलाई टुँडखेलको
खुला चौरमा बिस्कुन सुकाएझैँ लडाइदे भूइँमा
अनि
बोलाइदे ती बलात्कारीलाई
गर्दे घोषणा
'आएर भरपुर लुट्नुहाेस्'

नारीको
यो देशमा
कुनै अस्तित्व
छैन ।
सायद न्यायको
अाँखामा
पट्टी
बाँधेएको भएर होला
प्रत्येक पल्ट अन्यायकाे जित हुँदैछ 
नबिर्सी सरकार यहाँ म हाेइन प्रत्येक नारीकाे मन रुँदैछ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

2 Comments

  • Prakash acharya

    July 31, 2018, 11:15 p.m.

    Awesome ,keep it up

  •  0 Reply
  • अलिसा निरौला

    July 31, 2018, 8:43 p.m.

    मन छोयो ।पढ्दा आँगैं जिरिङ्ग भयो नबिर्सी सरकार यहाँ म हाेइन प्रत्येक नारीकाे मन रुँदैछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया