दाङका २५ जना पत्रकारको स्वाब परीक्षण रिपोर्ट 'नेगेटिभ'

 जेठ १, २०७७ बिहिबार १८:५३:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – पहिलो चरणमा कोरोना परीक्षणका लागि  स्वाब सङ्कलन गरिएको दाङका २५ जना पत्रकारहरुको रिपोर्ट नेगेटिभ आएको छ ।

बुधबार स्वाब सङ्कलन गरिएका २५ पत्रकारसहित ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका कायम मुकाम रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभएको छ ।

पूर्वी जिल्लाका केही पत्रकारमासमेत कोरोना भाइरसको सङ्क्रमण देखिएपछि पूर्वसतर्कताका साथ पत्रकारहरुको कोरोना परीक्षण सुरु गरिएको पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रीयासनले जानकारी दिनुभएको छ । 

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा पहिलो चरणमा आज २५ जना पत्रकारको स्वाब सङ्कलन गरिएको थियो । नेपाल पत्रकार महासङ्काघ वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले वर्तमान अवस्थामा फ्रन्टलाइनमा काम गर्ने देशभरका सबै पत्रकारहरुको कोरोना परीक्षण गर्न माग गर्नुभयो । 

दाङमा चरणबद्ध रुपमा सबै पत्रकारको कोरोना परीक्षण गरिने शाखा अध्यक्ष सविन प्रीयासनले जानकारी दिनुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया