दाङमा पनि देखियो कोरोना सङ्क्रमण

 जेठ २, २०७७ शुक्रबार २१:२८:३९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा पहिलो पटक कोरोना भाइरसका बिरामी भेटिएका छन् । दाङमा पहिलो पटक दुई जनामा कोरोना पुष्टि भएको छ ।

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही  दाङमा शुक्रबार बेलुकी साढे  ८ बजेपछि पत्रकार सम्मेलन गरेर कोरोना भेटिएको पुष्टि भएको विवरण सार्वजनिक गरिएको हो ।

राप्ती स्वास्थ विज्ञान प्रतिषनकी उपकुलपति प्रा डा संगीता भण्डारीले दुई जनामा कोराना पोजेटिभ देखिएको पुष्टि गर्नुभयो । देउखुरी गढवा गाउँपालिकाका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना पुष्टि भएको हो ।

प्रतिषनमा कोरोना भाइरस पोजेटिभ देखिएपछि क्रस चेकका लागि भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

उनीहरु केही दिनअघि भारतबाट फर्किएका थिए । उनीहरुलाई लमहीको क्वरेण्टीनमा राखिएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया