दाङ : कोरोना सङ्क्रमितलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगियो

उनीहरुलाइ ल्याउने एम्बुलेन्स चालकलाई क्वरेन्टीनमा राखियो

 जेठ ३, २०७७ शनिबार ८:५६:१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुईजनालाई बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचारका लागि लगिएको छ ।

शुक्रबार राति दुई जना सङ्क्रमितलाई गढवाको क्वरेण्टीनबाट लगिएको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो । उनLहरु भारत हुँदै कपिलवस्तुबाट जुन एम्बुलेन्सबाट आएका थिए, त्यही एम्बुलेन्सबाट कोरोना अस्पतालमा लगिएको चौधरीले जानकारी दिनुभयो ।

गढवा गाउँपालिका ४ र ५ का ३६ र २३ वर्षका व्यक्तिमा सङ्क्रमण देखिएको हो । उनीहरु भारतको गोरखपुर र मुम्बइबाट फर्किएका व्यक्ति हुन् । कृष्णनगरबाट एम्बुलेन्सबाट गढवा ल्याइएको र गढवाबाट स्वाब संकलनका लागि फेरि अर्को एम्बुलेन्सबाट लमही क्वरेण्टीनमा लगिएको पाइएको छ ।

दुवै एम्बुलेन्स चालकलाई क्वरेण्टीनमा राखिएको र आज स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने चौधरीले जानकारी दिनुभयो । यसैबीच बाँकेमा कोरोना संक्रमीत पुष्टि भएका ८ जनालाई पनि हिजो बेलुकी उपचारका लागि दाङको बेलझुण्डीमा रहेकोे कोरोना विशेष अस्पतालमा उपचारका लागि लगिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया