कोरोना सङ्क्रमित भनिएका दाङका एक जना अझै भेटिएनन्

 जेठ ३, २०७७ शनिबार १४:३५:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मा कोरोना सङ्क्रमित भनिएका एक जना अझै भेटिएका छैनन् । 

शुक्रबार बेलुका कोरोना पुष्टि भएका ३४ वर्षीय पुरुष फेला नपरेका हुन् । सङ्क्रमित भनिएका एक जनाले फोन गरेर आफ्नो रिपोर्ट नेगेटिभ आएको बताएपछि सङ्क्रमित को हुन् भनेर बिहानैदेखि खोजी भइरहेको तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति विमल केसीले बताउनुभयो । 

उहाँले वडा ७ मा पुगेर खोजी भइरहेको बताउनुभयो । स्वास्थ्य मन्त्रालयले शुक्रबार निकालेको विज्ञप्तिमा तुलसीपुर ७ का ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको उल्लेख छ ।

लगत्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सङ्क्रमित व्यक्ति काठमाण्डौमा बस्दै आएको भनेर सामाजिक सञ्जालमा लेख्नुभएको थियो । 

तुलसीपुरका कोरोना सम्पर्क व्यक्ति केसीले पनि सङ्क्रमित व्यक्ति टिचिङ अस्पतालमा कार्यरत रहेको बताउनुभएको थियो तर व्यक्ति फेला परेका छैनन् । उनी को हुन् भनेर जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नै खोज्न जुटेका छन् । तीसँगै कोरोना सङ्क्रमण पुष्टि भएका अन्य दुई जनालाई भने कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा लगिएको छ । 

उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

शिक्षण अस्पतालले भने विज्ञप्ति प्रकाशित गरी कोरोना सङ्क्रमित आफ्नो अस्पतालमा कार्यरत रहेको भन्ने खबरको खण्डन गरेको छ ।

अन्तिम अपडेट: चैत २०, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • om thapa

    May 16, 2020, 9:18 p.m.

    परीक्षण गर्दा नाम ठेगाना र फोन नं जस्ता आधारभुत विवरणहरु पूर्ण रुपमा राखिनु पर्ने हैन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया