पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – बहराइनमा थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । योसँगै त्यहाँ सङ्क्रमित नेपालीको संख्या ३३१ पुगेको त्यहाँ रहेकाे नेपाली दूतवासले जनाएको छ । यसअघि बहराइनमा २४५ जना नेपालीमा कोरानो सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ ।
बहराइनमा अहिलेसम्म ६ हजार ७ सय ४७ जनाको कोरोना सङ्क्रमण देखिएकोमा २७ सय ६२ जना निको भएका छन् । तर सङ्क्रमितमध्ये कति नेपाली निको भए भन्ने विवरण भने खुलाइएको छैन । बहराइनमा १२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
बहराइनले सन् २०२० भरी नै अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको छ । ३१ डिसेम्बर २०२० सम्म कागजातविहीन विदेशी नागरिकले आफ्नो अवस्था सच्याउन वा बहराइन छाड्न सक्नेछन्। कोरोनाको शंका लागेमा बहराइनमा तोकिएका ९ वटा अस्पतालमा गएर जाँच गराउन सकिन्छ ।
कोरोना वा कुनै कारणले समस्या भएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध पनि गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।