अर्घाखाँचीको छाँया पोलिक्लिनिक सिल

 जेठ ५, २०७७ सोमबार १८:३५:३१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको छाँया पोलिक्लिनिकलाई सिल गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका पुरुषले सन्धिखर्क नगरपालिका १ मा रहेको छाँया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गएकाे जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा जाँच गराएकाे थप उपचार सम्भव नभएपछि बुटबलको क्रिमसन अस्पतालमा गएर भर्ना भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।

भर्ना भएको दिनदेखि नै भेन्टिलेटरको सहायतामा आईसीयूमा उनको उपचार भइरहको छ । ४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ नगएको भए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दोजुल्दाे पाइएपछि अस्पतालबाटै स्वाब सङ्कलन गरिएको थियो र उनमा सङ्क्रमण पुष्टि भएकाे हाे ।  

छाँया पोलिक्लिनक सिल गरेर त्यहाँ रहेका डाक्टर, स्वास्थ्यकर्मी र उपचारका लागि आएका सबै बिरामी र उनीहरुकाे सम्पर्कमा आएका सबैलाई खोजेर कोरोना जाँच गरिने सहायक प्रजिअ थापाले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १२, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया