अरु देशभन्दा भारतबाट आएको कोरोना कडा : प्रधानमन्त्री

 जेठ ६, २०७७ मंगलबार १२:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आउने नागरिकहरुकै कारण नेपाल कोरोनाको जोखिममा रहेको बताउनुभएको छ ।

आउँदो आर्थिक वर्षको बजेटको लागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको उत्तर दिँदै उहाँले विदेशबाट आउनेहरु नै कोरोनाको स्रोत रहेको बताउनुभयो ।

उहाँले  चीन, युरोप, अमेरिका, खाडी लगायतबाट आएकाहरुबाट सरेको भन्दा भारतबाट  संक्रमित भएका र सारेका बढि जोखिमपुर्ण रहेको बताउनुभयो । भारतबाट आएको भाइरस कडा देखिएको उहाँको भनाई छ । देशभरी रहेका क्वरेन्टीन र आइसोलेन विस्तार र सुधार भइरहेको पनि प्रधानमन्त्रीको भनाई छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया