भ्रष्टाचारको छानबिन हुँदा नागरिक खुसी छन् : प्रधानमन्त्री ओली

 जेठ ६, २०७७ मंगलबार १३:२४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने सम्बन्धमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

पहिले छानबिन नै हुँदैन थियो, अहिले छानबिन गर्न थालेपछि भ्रष्टाचारका मुद्दा देखिएको छ । अहिले देखिएका धेरै मुद्दा पहिलेका रहेको ओलीको भनाइ छ ।

‘३८ क्विन्टल सुनको कारोबार भयो, नेपाललाई बाटो बनाएर तस्करी भयो । छानबिन गर्दा थाहा भयो, मानिस कारबाहीमा छन्, अदालतमा मुद्दा चलिरहेको छ तर पनि खै छानबिन भनेर हल्ला मात्रै भइरहेको छ, तर नागरिक लाटो छैनन्, सबै बुझेका छन् ’ ओलीले भन्नुभयो ।’

पहिले धेरै भ्रष्टाचार सुटुक्क भएको तर अहिले सरकारले बाहिर ल्याइरहेको प्रधानमन्त्रीले बताउनुभयो । धेरै विषयमा छानबिन भइरहेकाले नागरिक खुसी रहेको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया