लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र छिटै फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

 जेठ ६, २०७७ मंगलबार १३:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि भएको दोहोर्‍याउनुभएको छ ।

प्रतिनिधिसभामा ओलीले नेपाली भूमि भएकाले नै मन्त्रीपरिषद्ले त्यो भूमि समेटेर नयाँ नक्सा ल्याउने निर्णय गरेको जानकारी दिनुभयो । अब लिम्पियाधुर र लिपुलेक र कालापानीको विषय अब ओझेलमा पार्न नदिने भन्दै उहाँले हाम्रो भूमि भारतले ओगटेर विवाद सृजना गर्न खोजेको बताउनुभयो ।

उहाँले अब छिटै नेपालको त्यो भूमि फिर्ता ल्याउने बताउनुभयो । यसको लागि कुटनीतिक छलफल हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । यो तथाकथित राष्ट्रवाद देखाउन नगरिएको र आफ्नै भूमि फिर्ता लिने निर्णय भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन, यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’

संविधानको अनुसूची ३ मा भएको नक्सा र निशान छाप पनि सुधार गर्नुपर्ने भएकाले  संविधान संशोधन गर्ने उहाँले बताउनुभयो । यो अहिलेको जरुरी विषय भएकाले संविधान संशोधन हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • narayan prasad sharma

    May 20, 2020, 2:42 p.m.

    हामीले राजनितिमा राजनितिक दलले घोषणा पत्रमा उल्लेखित कार्य गर्दा र अन्य जिम्मेवार पदमा रहेका वा नरहेका को हकमा लक्ष तथा जिम्मेवारि तोकियको वा कर्तब्यको कार्य गर्दा बधाई तथा धन्यबाद दिनु चाकडिवाद नै हो किनकि ति काम उनिहरुले गर्नै पर्दछ त्यो उनको कर्तब्य अन्तर्गत पर्दछ ! आफुले गर्छु वा गर्नैका लागि त्यो ठाउँमा पुगेको हुँदा गर्न नसके माफी माग्नु वा सजाय भोग्न तयार रहनु पर्दछ ! ब्यक्तिगत वा थप उल्यख्य राम्रो काम गरेकालाई मात्र धन्यवाद वा बधाई दिनु उचित हुने छ न कि कसैलाई खुसि पार्न ! हालको सुधैली सन्धि अनुसार कायम भएको भूमि समेटेर नक्शा जारी गर्नु सरकारको कर्तव्य हो । यदि हाल उक्त नक्शा अनुसारको भारतले हडपेको केही भूमि फिर्ता ल्याउन यो सरकार सफल भएको खण्डमा हामी सबै नेपाली हर्कहर्षित हुँदै घरघरमा दीपावली गर्दै पहल कर्ता नेपाल सरकार र त्यस्को नेतृत्व कर्तालाई हामी सबै नपालीले विशेष धन्यवाद दिनेछौँ । त्यो दिन ऐतिहासिक क्षण पनि हुनेछ । सानोतिनो तोकियको काम कर्तब्य र जिम्मेवारि को कामाका लागि धन्यवाद र बधाई दिनु ति शब्दको अपमान र दुरुपयोग मात्र हुनेछ ! नारायण ! ! !

  •  0 Reply

तपाईको प्रतिक्रिया