सरकारले कोरोना रोक्ने बाहेक अरु काम पनि गर्नुपर्छ भन्ने बुझौँ : प्रम ओली

 जेठ ६, २०७७ मंगलबार १३:४८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको प्रकोपले गर्दा उत्पादन घटेको, आम्दानी घटेको आवश्यकता बढेको तर कोरोना बाहेक अरु काम पनि गर्नुपर्ने बाध्यता रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ ।

संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको दैनिकी सहज बनाउने र विकास निर्माणका काम गर्ने तथा सामाजिक उत्तरदायित्व पनि निभाउनुपर्ने भएकाले कोरोना बाहेक पनि अरु क्षेत्रमा सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले निजी क्षेत्रलाई मात्रै अघि बढाउनुपर्छ भन्ने सिद्धान्त असफल भइसकेको भन्दै सरकार पनि बलियो गरी अघि बढ्नुपर्ने बताउनुभयो । देशमा कुल गार्हस्थ उत्पादन बढ्ने, अरु सूचकाङ्क बढ्ने तर नागरिकको जीवनस्तर तल नै रहने भएपछि त्यसको अर्थ नहुने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया