अर्घाखाँचीका सीमा नाका सिल

 जेठ ६, २०७७ मंगलबार १४:१३:६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – छिमेकी जिल्लाहरुमा कोरोना भाइरसका बिरामीहरु बढ्दै गएपछि अर्घाखाँचीमा उच्च सर्तकता अपनाउँदै जिल्लाका सीमा नाका सिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिकाे बैठकले अर्घाखाँचीसँग जोडिएका सबै नाकाहरु अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । यस्तै बैठकले अर्को व्यवस्था नभएसम्म वित्तीय संस्था पनि बन्द गर्ने निर्णय गरेकाे उहाँले जानकारी दिनुभयाे । 

बैठकले तरकारी, दूध, किराना, मासु पसललगायत बिहान ७ देखि १० बजेसम्म र बेलुका ५ बजे देखि ७ बजेसम्म मात्र खोल्ने निर्णय गरेकाे छ । साथै लकडाउनलाई थप कडाइ गर्ने पनि जनाइएकाे छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया