अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय : राष्ट्रपति ट्रम्प

 जेठ ७, २०७७ बुधबार ८:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफ"हरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताउनुभयो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हाम्रो परिक्षण अरुको भन्दा निकै राम्रो छ, यसैलेसङ्क्रमितहरु पहिचान भएका हुन्, यसलाई म सम्मानको रुपमा लिन्छु ।’

अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक बोलाउनुभएका ट्रम्पले पत्रकारसँग अमेरिकामासङ्क्रमितको संख्या विश्वमै सबैभन्दा धेरै रहनु परिक्षण राम्रो हुनु नै भएको बताउनुभएको बीबीसीले जनाएको छ ।

यो सम्मानको पदक भएको ट्रम्पको भनाई छ । अमेरिकामा अहिलेसम्म १५ लाख ७० हजार पाँच सय भन्दा धेरैमा कोरोनासङ्क्रमण भएकोमा ९३ हजार पाँच सय भन्दा धेरैको ज्यान गइसकेको छ ।

अमेरिकामा तीन लाख ६१ हजार भन्दा धेरैसङ्क्रमित निको भएका छन् । कुल संख्याका हिसाबमा अमेरिकामा विश्वमै सबैभन्दा धेरै व्यक्तिको परीक्षण भएको बीबीसीले जनाएको छ । तर कुल जनसंख्या र परीक्षणको दरमा भने अमेरिका १६ औँ स्थानमा छ ।

आइसल्याण्ड, न्यूजिल्याण्ड, रुस, क्यानडा लगायतका देशमा कुल जनसंख्या र परीक्षणको दर बढि छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया