नेपालको नयाँ नक्सा आज सार्वजनिक हुने

 जेठ ७, २०७७ बुधबार ११:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालको नयाँ नक्सा आज सार्वजनिक हुँदैछ ।

भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले  सार्वजनिक गर्ने भएको हो । नेपाल टेलिभिजन मार्फत लाइभ गरेर नक्सा सार्वजनिक गरिने भूमि मन्त्री पद्या अर्यालको सचिवालयले जनाएको छ ।

मन्त्रीपरिषद्को सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले  यो भुमि नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो । मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको र आज सार्वजनिक गरिने मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनितिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ । नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदलाई सम्बोधन गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यो फिर्ता ल्याएरै छाड्ने बताउनुभएको  छ । भारतले भने यो भुमि आफ्नो भएको दावी गर्दै सडक बनाइसकेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

2 Comments

  • Dan Grg

    May 20, 2020, 3:04 p.m.

    Salute to Government of Nepal.

  •  0 Reply
  • Indra Timsina

    May 20, 2020, 2:36 p.m.

    सरकारले औपचारिक रुपमा प्रकाशनमा ल्याएको नेपालको नयाँ नक्सा आफैँमा गर्व गर्न लायकको विषयवस्तु हो । अब ऐतिहासिक दस्तावेजहरु, हाम्रो भूमि हो भन्ने सत्य र तथ्य उजागर गर्ने सामग्रीहरू अगाडि सारेर दरिलो कुटनीतिक पहल गर्ने अन्यथा अन्तर्राष्ट्रिय अदालतमा समेत पहुँच पुर्याई जसरी भए पनि गुमेको भूमि फिर्ता लिन कुनै कसर बाँकी राख्नु हुदैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया