राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बिहीबारदेखि फेरि सुरु

 जेठ ८, २०७७ बिहिबार ६:५८:४३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालबाट प्रदान हुँदै आएको अन्तरंग र बहिरंग सेवा बिहिवारदेखि फेरि सुरू गरेको छ ।

प्रतिष्ठानले दुई दिन पहिले कोरोनाका बिरामीको उपचार गर्नुपर्ने भन्दै अन्तरङ र बहिरंग सेवा बन्द गरेको थियो । स्वास्थ मन्त्रालयको निर्देशन अनुसार सेवा बन्द गरेको प्रतिष्ठानले सेवाग्राहीबाट भएको चर्को विरोध र दबाबपछि आजबाट नियमित सेवा सञ्चालन गरेको हो ।

प्रतिष्ठानले कोरोनाका बिरामी राख्ने र अन्तरंग तथा बहिरंग सेवा रोक्ने निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेलगत्तै जनस्तर तथा सरोकारवाला संघसंस्थाबाट चर्को विरोध भएको थियो ।

प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले विज्ञप्ति निकालेर यसअघिको निर्णयमा पुनर्विचार गर्दै कोरोनाका बिरामी आइसोलेसनमा भर्ना नहोउञ्जेलसम्म आजबाट नियमित रूपमा सेवा प्रदान गरिने जानकारी गराउनु भएको छ ।

सेवा बन्द भएपछि दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज दाङ तथा घोराही उपमहानगपालिका वडा नम्बर १५ को कार्यालयले सेवा सुरु गर्न तथा कोरोनाका बिरामी भर्ना गर्नुपर्ने भए वैकल्पिक व्यवस्थापनमा जुट्न अपिल गरेका थिए ।

अन्तिम अपडेट: चैत २२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया