साइप्रसबाट बिदामा नेपाल आएकाहरु लकडाउन खुलेपछि थप औपचारिक प्रक्रियाबिनै फर्कन पाउने

 जेठ ८, २०७७ बिहिबार ११:७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साइप्रसबाट बिदामा नेपाल आएर लकडाउनका कारण फर्कन नपाएकाहरु कुनै औपचारिक प्रक्रिया नगरी लकडाउन सकिएपछि फर्कन पाउने भएका छन् ।

साइप्रसको भिसा मार्च १५ भन्दा पछि सकिएका तर अन्तर्राष्ट्रिय उडान र लकडाउनका कारण फर्कन नपाएकाहरुलाई साइप्रस सरकारले कुनै औपचारिक प्रक्रियाबिनै लकडाउन सकिएपछि फर्कन दिने भएको हो । यो अवधिमा म्याद सकिएका भिसाहरु स्वतः नवीकरण हुनेछन् ।

यस्तै त्यहाँ अध्ययनरत विद्यार्थीले शुल्कमा छुटको लागि कलेज प्रशासनमा आफ्ना कुरा राख्न सक्नेछन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया