छाँया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको रिपोर्ट 'नेगेटिभ'

 जेठ ८, २०७७ बिहिबार १७:५४:४२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिका १ मा रहेको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मीको कोरोना रिपाेर्ट नेगेटिभ आएको छ ।

गुल्मी मदानेका कोरोना रोगीले उपचार गराएको खुलेपछि सिल गरिएको अर्घाखाँचीको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मीकाे स्वाब जाँचकाे लागि पठाइएको थियो । १० जना स्वास्थ्यकर्मीकै रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो । 

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी वैशाख ३१ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिक गएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि बुटवलको क्रिमसन अस्पतालमा गएर भर्ना भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । 

जेठ ३१ गते साँझदेखि ५ गते सोमबारसम्म उपचारको लागि आएका सबै बिरामी तथा तिनका आफन्त कोरोना सरेको छ कि ? भनेर चिन्तित बनेका थिए । अहिले रिर्पोट नेगेटिभ आएको जानकारी भएपछि सबै जिल्लावासी खुसी छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया