काेराेना भाइरस : विश्वभर ५१ लाखभन्दा धेरै सङ्क्रमित

 जेठ ८, २०७७ बिहिबार १९:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५१ लाख नाघेको छ । वल्डाेमिटरका अनुसार अहिलेसम्म विश्वभर ५१ लाख ९ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सबैभन्दा बढी अमेरिकामा १५ लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित छन् । यस्तै विश्वमा साढे २० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् भने तीन लाख ३० हजार ८४ जनाको ज्यान गएको छ ।

अमेरिकामा ९४ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै रुसमा तीन लाख १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ब्राजिलमा दुई लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित छन् ।

 सङ्क्रमणकाे कारण रुसमा तीस हजारभन्दा धेरैको ज्यान गएको छ भने ब्राजिलमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया