दाङका थप १ जनामा काेराेना पुष्टि

 जेठ ८, २०७७ बिहिबार १८:७:४८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा थप एक जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका ३ बस्ने ३७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।

रोल्पा र दाङका गरी ६९ जनाको नमुना परीक्षण गरिएकोमा एक जनाबाहेक अरुको नतिजा नेगेटिभ आएको प्रतिष्ठानका कायम मुकायम रिजस्ट्रार कैलाशप्रसाद देवले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानले अहिलेसम्म सात सय ६४ जनाको परीक्षण गरेकोमा तीन जनामा पोजेटिभ देखिएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ५४ पुगेको छ ।

सङ्क्रमितमध्ये ४९ जना निकाे भएका छन् भने तीन जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया