लकडाउनकाे कारण गुजारा टार्न समस्या भएको त्रिविका आंशिक प्राध्यापकको गुनासो

 जेठ ८, २०७७ बिहिबार २०:१४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले लकडाउनकाे कारण भोग्नुपरेको समस्या समाधान गर्न माग गरेका छन् । 

कक्षा भएको आधारमा मात्र पारिश्रमिक पाउने आंशिक प्राध्यापकलाई गुजारा गर्नै समस्या हुन थालेकाेले समस्या समाधान गर्न नेपाल आंशिक प्राध्यापक सङ्घले माग गरेको हो ।

कतिपय क्याम्पसले आंशिक प्राध्यापकलाई शैक्षिक सत्रको सुरुमै दिनुपर्ने नियुक्ति नदिएको, लकडाउनभन्दा महिनौँ अघिदेखिको पारिश्रमिक पनि नपाएको अवस्थामा लकडाउनकाे कारण कक्षा बन्द भएपछि हजारौँ आंशिक प्राध्यापक समस्यामा परेको सङ्घले जनाएको छ ।

सङ्घले विज्ञप्ति निकालेर केही क्याम्पसले अनलाइन कक्षा सुरु गरे पनि आंशिक प्राध्यापकलाई कक्षा नदिइएको, केहीमा कक्षा दिइए पनि पारिश्रमिक नपाएकोजस्ता समस्या रहेकाेले लकडाउनभरिको राहत दिने प्याकेज ल्याउन पनि माग गरेको छ ।

राहत नदिइए विश्वविद्यालयका सबै शैक्षिक तथा प्राज्ञिक गतिविधिबाट आफूहरुलाई अलग राख्न बाध्य हुने त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि कार्यरत आंशिक शिक्षकलाई करार गर्ने निर्णय २०७४ साल मङ्सिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले गरेको भए पनि अहिलेसम्म कार्यान्वयन नभएकाले त्यो निर्णय कार्यान्वयन गर्न पनि सङ्घको माग रहेको विज्ञप्तिमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया