कर्णाली प्रदेशमा एकैदिन एक हजार ९ सय भित्रिए

 जेठ ८, २०७७ बिहिबार २०:५८:२६ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशमा आज मात्रै एक हजार नौ सय ३० जना भित्रिएका छन् । मजदुरीका लागि भारत गएका कर्णालीका विभिन्न जिल्लाका उनीहरु आज आएका हुन् । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेतका चार सय ५७, दैलेखका आठ सय २९, सल्यानका चार सय ५८, कालिकोटका ५४, जाजरकोटका ८१ र जुम्लाका ११ जना छन् । 

उनीहरु सबैको आरडीटी परीक्षण गरेर मात्र पठाउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म  ६ सय ५८ जनाको परीक्षण गरिएको र ११ जनाको पोजेटिभ देखिएकाले पीसीआर मेसिनमा परीक्षण गरिने तयारी गरिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण खड्काले जानकारी दिनुभयो ।

आरडीटी परीक्षण गरे पनि सम्बन्धित पालिकाहरुमा अनिवार्य क्वरेण्टीनको व्यवस्था गरिएको उहाँको भनाइ छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारीले बबई नाकामा बढी भिड भएकाले सम्बन्धित जिल्ला पुर्‍याउने बेलामा आरडीटी गर्ने गरी स्वास्थ्यकर्मीसहित पठाएको जानकारी दिनुभयो । 

जिल्लाको सीमामा पुगेपछि आरडीटी परीक्षण गर्ने उहाँको भनाइ छ । उहाँले सबैको रिर्पोट सङ्कलन गर्ने काम भइरहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया