नागार्जुन नगरपालिकाकाे वडा नं ९ र १० मा औषधि पसल मात्र खाेल्न पाइने

 जेठ ८, २०७७ बिहिबार २१:४०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नागार्जुन नगरपालिकाको वडा नम्बर ९ र १० मा शुक्रबार बिहान ९ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मको लागि औषधि पसल बाहेक अरु पसल खोल्न रोक लगाएको छ ।

नेपालमा पनि कोरोना सङ्क्रमण फैलिरहेको र नगरपालिकाका वडा‌ नम्बर ९ र १० उच्च जोखिममा रहेको जनाइएको छ । नगरपालिकाको अनुसार भोलि बिहान ९ बजेदेखि अर्को सूचना नभएसम्मका लागि फलफुल, तरकारी, खाद्यान्न र मासु पसल खोल्न नपाइने भएको हो ।

साथै यो सूचनालाई अवज्ञा गरी पसल खोलेको थाहा पाइएमा कानुन बमोजिम कडा कारबाही हुने नगरपालिकाको जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया