दाङ : कोरोना सङ्क्रमित युवालाइ कोरोना विशेष अस्पताल लगियो, सँगै आएकाहरुको खोजी जारी

 जेठ ९, २०७७ शुक्रबार ८:३८:६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तेस्रो  कोरोना सङ्क्रमित युवालाइ उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ । उनीसँगै आएकाहरुको खोजी सुरु गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुषलाई बिहीबार बेलुकी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि राति नै कोरोना विशेष अस्पताल लगिएको हो । उनी जेठ ३ गते भारतको दिल्लीबाट कृष्णनगर नाका हुदै घोराहीको कुइरेपानी स्थित क्वरेन्टीनमा बसेका थिए ।

सङ्क्रमण पुष्टि भएपछि  उनलाई उपचारका लागि कोरोना विषेश अस्पताल बेलझुण्डीको आइसोलेशनमा भर्ना गरिएको छ भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

ती युवासँगै एउटै बसमा आएका ३२ जनामध्ये अन्य १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने बाँकी १५ जनाको खोजी भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया