शक्तिशाली चक्रवात अम्पुनका कारण भारत र बंगलादेशमा ८४ जनाको ज्यान गयो

 जेठ ९, २०७७ शुक्रबार १०:३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शक्तिशाली चक्रवात अम्पुनका कारण भारत र बंगलादेशमा आएको  बाढी र पहिरो जाँदा ८४ जनाको ज्यान गएको छ ।

हिजो तटीय क्षेत्रमा चक्रवातका कारण तीव्र गतिमा चलेको हावा र वर्षाका कारण ८४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । हजारौं रुख ढलेको छ भने विद्यतु र टेलिफोन सेवा अवरुद्ध भएको छ । भारतको कोलकोत्तामा मात्रै सडकमा बाढी पसेको र एक करोड ४० लाख मानिसमा विद्युत आपूर्ति रोकिएको छ ।

बंगालको खाडीबाट आएको यो चक्रवात सन् १९९९ यताकै शक्तिशाली मानिएको छ । अहिले अम्पुनको प्रभाव विस्तारै कम हुँदै गएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया