शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये ९ जना कपिलवस्तुका : २ जना पत्रकार पनि

 जेठ ९, २०७७ शुक्रबार ११:१५:५१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये दुई पत्रकारसहित ९ जना कपिलवस्तुका रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार मायादेवी गाउंपालिकाका ३ जना, वाणगंगा नगरपालिकाका ५ जना र कपिलवस्तु नगरपालिकाका १ जनामा कोरोना भाइसको सङ्क्रमण पुष्टि भएको हो जसमध्ये २ जना पत्रकार पनि रहेका छन्  ।

जिल्लामा यसअघिका ६० जनासहित हालसम्म कुल ६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया