नेपालगञ्जका २१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्के

 जेठ ९, २०७७ शुक्रबार १२:१८:२८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपालगञ्जका २१ जना कोरोना सङ्क्रमण निको भएरघर फर्किएका छन् ।

बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १२ पुरुष र ९ जना महिला गरी २१ जना निको भएर घर फर्किएका हुन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन्  ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ मा पहिलो सङ्क्रमण भेटिएका ६० वर्षका पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जनालाई कोरोना सङ्क्रमण निको भएपछि घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।

अस्पतालमा अरु ६ जनाको उपचार भइरहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया