धनकुटाका सङ्क्रमित स्वास्थ्यकर्मी : कोभिड- १९ अस्पतालमा उपचार गराउँदै, अरुको उपचारमा सहयोग पनि गर्दै

 जेठ ९, २०७७ शुक्रबार १२:४७:२६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत धनकुटाका ४ जना सङ्क्रमित स्वास्थ्यकर्मीले अन्य सङ्क्रमित को उपचारमा डाक्टर नर्स हरुलाई  सहायोग गरिरहेका छन्  ।

जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि  कन्ट्याक ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणमा थपिएकामध्ये धनकुटाका चार स्वास्थ्यकर्मी कोभिड अस्पतालका अन्य ४६ जना सङ्क्रमितसँगै उपचार गराइरहेका छन् ।

उनीहरु आँफै उपचारमा रहेपछि उनीहरुले अन्य सङ्क्रमितको स्वास्थ्य परीक्षणका विभिन्न कार्यमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कामलाई सघाउँदै आएका छन् ।

सामान्य अवस्थामा रहेका स्वास्थ्यकर्मीले अन्य सङ्क्रमितलाई कोरोनाका बारेमा सचेतना र डिस्चार्ज पछि गर्नुपर्ने कामका बारेमा पनि बताउने गरेका छन् ।

स्वास्थ्यकर्मी अस्पताल भर्ना भएसँगै सङ्क्रमितको उपचारमा सघाउँदै आएको कोभिड अस्पतालका फिजिसियन डा.डेन आचार्यले बताउनुभयो । डा. आचार्यले भन्नुभयो, कोभिड १९ सङ्क्रमित स्वास्थ्यकर्मीहरु सामान्य अवस्थाको हुनुहुन्छ, सङ्क्रमितलाई कोरोनाका बारेमा विभिन्न विषयमा जानकारी गराउँदै उपचार कार्यमा सघाउँदै आउनु भएको छ ।

कोभिड अस्पतालमा उपचारत एक सङ्क्रमितलाई निमोनिया भएको छ । निमोनिया भएका सङ्क्रमितको उपचारमा स्वास्थ्यकर्मीले सहयोग गरेका छन्  ।

कोभिड अस्पतालमा चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीहरु उपचारमा खटिएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ७ दिनका लागि कोभिड अस्पतालमा रहेका सङ्क्रमितको उपचारमा संलग्न रहन्छन् । ७ दिनको अस्पताल बसाईपछि उनीहरु १४ दिन क्वारेन्टाइमा बस्नेछन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया