सुदूरपश्चिमका ५ जनामा कोरोना सङ्क्रमण पुष्टि

 जेठ ९, २०७७ शुक्रबार १७:२१:२९ | सीताराम ओझा
unn.prixa.net

कैलाली – शुक्रबार दिउँसाे काेराेना सङ्क्रमण पुष्टि भएका २० जनामध्ये पाँच जना सुदूरपश्चिमका रहेकाे खुलेकाे छ । सुदूरपश्चिककाे कैलालीका तीन, बैतडीका एक र डडेलधुराका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेलधुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयाे ।

योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङख्या १० पुगेको छ । सुदूरपश्चिम प्रदेशमा गएकाे चैत १४ गते पहिलो कोरोना सङ्क्रमित भेटिएका थिए । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो  । त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला, कैलाली लम्की चुहा नगरपालिका २१ वर्षीय युवक र कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु सबै निको भएर घर फर्किसकेका छन् । वैशाख १ गतेयता सुदूरपश्चिममा नयाँ सङ्क्रमित भेटिएका थिएनन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया