विभिन्न नाका भएर शनिबार बिहान २ सय २९ यात्रु काठमाण्डौ भित्रिए

 जेठ १०, २०७७ शनिबार ८:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - विभिन्न नाका भएर आज बिहान २२९ जना यात्रु काठमाण्डौ उपत्यका भित्रिएका छन् ।

पास भएका ७७ वटा गाडीबाट २२९ जना यात्रु बिहान भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पास नभएका १४ वटा गाडी र ३४ जना यात्रुलाई फर्काइएको छ ।

गृह मन्त्रालयले अति अवश्यक काम नपरी आवतजावत नगर्न आग्रह गर्दै आएको छ भने काठमाण्डौ उपत्यका आउनै परे आरडीटी विधिमार्फत स्वास्थ्य परीक्षण गरेको रिपोर्ट देखाउन भनेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै काठमाण्डौ उपत्यका प्रवेश गर्ने मुख्य चार नाकासहित सबै नाका क्षेत्रमा कडाइगरिएको छ ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया